खोकनामा प्रहरी र स्थानीयबीच झडप, ४ प्रहरी घाइते « Khabarhub

खोकनामा प्रहरी र स्थानीयबीच झडप, ४ प्रहरी घाइते


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

प्रस्तावित फास्ट ट्रयाकको विरोधमा उत्रिएका स्थानीयले खुदोलमा धान रोपाइँ गर्न जाँदा प्रहरीले अवरोध गरेपछि झडप भएको हो ।

झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

धिमे र भुस्या बजाउँदै धान रोपाईमा सहभागी भएका उनीहरुले खोकनाको कृषि योग्न जमिन अतिक्रमण गर्न नपाइने भन्दै प्रदर्शन गरे ।

जग्गाधनी लालपूर्जा लिएर खेतमा खेतमा रोपाइ गर्न पुगेकाहरुलाई रोकेपछि स्थानीय र प्रहरीबीच केही समय झडप भएको थियो । सो क्रममा स्थानियले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो भने प्रदर्शनलाई रोक्न प्रहरीले लाठीचार्ज र केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा केहि प्रदर्शनकारी समेत घाइते भएका छन् ।

फास्ट ट्रयाकका कारण बुंगमती, खोकना, कुदेश र सिकाली मन्दिरको सांस्कृतिक र ऐतिहासिक सभ्यताका साथै उपत्यकाकै खेती योग्य जमिन मासिने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : १७ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली