राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री ओली, मन्त्रीहरुसँग छलफल गर्दै « Khabarhub

राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री ओली, मन्त्रीहरुसँग छलफल गर्दै


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन्।

प्रधानमन्त्री ओली पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादको छलफलमा व्यस्त भएका बेला शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन्।

शनिबार अपरान्ह शितलनिवासमा राष्ट्रपति-प्रधानमन्त्रीबीच सवा घण्टा कुराकानी भएको स्रोतले बतायो। राष्ट्रपति र प्रधानमन्त्रीबीच के कुरा भयो यसबारे भने खुलाइएको छैन।

प्रधानमन्त्री ओली बालुवाटार फर्किएपछि मन्त्री र राज्यमन्त्री बालुवाटर पुगेका छन्। ‘हामीलाई ७ बजे प्रधानमन्त्रीले बोलाउनुभएको छ। तर केका लागि भन्नुभएको छैन,’एक मन्त्रीले भने,’मन्त्रिपरिषद् बैठक भने होइन।’

पार्टीभित्र संकट चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई दिनहुँजसो भेट्दै आएका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीले दुवै पद छाड्नुपर्ने स्थायी समिति बैठकमार्फत दबाब दिएपछि भएको प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : ३५ बजे

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,