राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री ओली, मन्त्रीहरुसँग छलफल गर्दै | Khabarhub Khabarhub

राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री ओली, मन्त्रीहरुसँग छलफल गर्दै


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन्।

प्रधानमन्त्री ओली पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादको छलफलमा व्यस्त भएका बेला शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन्।

शनिबार अपरान्ह शितलनिवासमा राष्ट्रपति-प्रधानमन्त्रीबीच सवा घण्टा कुराकानी भएको स्रोतले बतायो। राष्ट्रपति र प्रधानमन्त्रीबीच के कुरा भयो यसबारे भने खुलाइएको छैन।

प्रधानमन्त्री ओली बालुवाटार फर्किएपछि मन्त्री र राज्यमन्त्री बालुवाटर पुगेका छन्। ‘हामीलाई ७ बजे प्रधानमन्त्रीले बोलाउनुभएको छ। तर केका लागि भन्नुभएको छैन,’एक मन्त्रीले भने,’मन्त्रिपरिषद् बैठक भने होइन।’

पार्टीभित्र संकट चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई दिनहुँजसो भेट्दै आएका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीले दुवै पद छाड्नुपर्ने स्थायी समिति बैठकमार्फत दबाब दिएपछि भएको प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ७ : ३५ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण