केही दिन अझै मनसुन सक्रिय, बाढी र पहिरोको जोखिम हुँदा सतर्कता अपनाउन आग्रह « Khabarhub

केही दिन अझै मनसुन सक्रिय, बाढी र पहिरोको जोखिम हुँदा सतर्कता अपनाउन आग्रह


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिवार देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर शुक्रबारदेखि मनसुन थप सक्रिय भएको अबको केही दिन मनसुनी गतिविधि बढ्ने बताएको छ ।

मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/ पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो देशका सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

यसैबीच,  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले सुर्खेत, बर्दिया र कैलाली जिल्लाका साना खोलामा बाढीको आकस्मिक बहाव बढ्न सक्ने भन्दै सतर्क रहन त्यस क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।

शाखाले शनिबार साँझ जारी गरेको बाढी सम्बन्धी सूचना अनुसार, हाल बर्दिया, कैलाली, सुर्खेत, डोटी, अछाम, दैलेख र आसपासका जिल्लाका केही स्थानमा भारी वर्षा भइरहेको र थप केही घण्टा वर्षा हुनसक्ने अनुमान गरिएको छ।

यसबाट सुर्खेत, बर्दिया र कैलालीका खोलामा आकस्मिक बहाव बढ्न सक्नेतर्फ शाखाले सजग रहन सुझाएको हो  ।शनिबार राति १० बजेसम्म सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : १९ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र