मुलुकभर आज १६ विपद्का घटना : ९ जनाको मृत्यु, २० घरमा क्षति « Khabarhub

मुलुकभर आज १६ विपद्का घटना : ९ जनाको मृत्यु, २० घरमा क्षति


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार बझाङको मल्लेसीमा पहिरोले छ जनाको मृत्यु भएको छ । त्यहाँ पहिरोले झण्डै २० घरमा क्षति पुर्‍याएको छ ।

सिरहामा र धनुषामा सर्पको टोकाइबाट तीन जनाको मृत्यु भएको छ । नुवाकोटमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन् । खोटाङ, डोल्पा, मोरङ र भक्तपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।

यस्तै मकवानपुर र प्यूठानमा चट्याङ परेको छ । सिन्धुपाल्चोक र गुल्मीमा पहिरो गएको तथा प्यूठान र कैलालीमा बाढी आएको प्राधिकरणले आज सूचनामार्फत जनाएको छ ।

आज भएको विपद्का घटनामा झण्डै एक करोड बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ९ : ४६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको