आज ११ अन्तर्राष्ट्रिय उडान, कहाँबाट कति नेपाली फर्किए ? « Khabarhub

आज ११ अन्तर्राष्ट्रिय उडान, कहाँबाट कति नेपाली फर्किए ?


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र १ हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ ।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ । सोही एयरलाइन्सले दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव ल्याएको छ ।

यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ । उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन आज राति दोहा र आबुधाबी प्रस्थान गरेको छ ।

नेपाल एयरलाइन्सको जहाज पनि दोहा प्रस्थान गरेको छ । उद्धार उडानका लागि टर्किस एयरलाइन्स पनि इस्तान्बुल प्रस्थान गरेको छ ।

त्यसैगरी कतार एयरवेजले दोहाबाट १२७ र जजिराले कुवेतबाट १५६ यात्रु ल्याएको छ । भोलि आइतबार पनि नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ ।

नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजिरा एयरवेजले दोहा, अबुधाबी, दुबई, दमाम, बहराइन, कुवेत र क्वालालम्पुरबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ११ : १४ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास