सिनेमा हल सुनसान, सडकमा भीडभाड « Khabarhub

सिनेमा हल सुनसान, सडकमा भीडभाड


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले गत चैत्र ११ गतेदेखि नेपालभर लागू हुने गरी लकडाउन गर्‍यो । धेरै मान्छेको भीडभाड हुने स्थान भन्दै फिल्म हललाई चैत्र ६ बन्द गर्ने घोषणा गर्‍यो ।

अहिले लकडाउन खुले पनि फिल्म हल भने खुला गरिएको छैन । नेपालभर लागू गरिएको लकडाउन खुलेसँगै बजारमा चहलपहल बढेको छ । सार्वजनिक स्थलमा यात्रुहरुको चहलपहल बढेको छ ।

काठमाडौंमा भीडभाड बढेको छ तर सिनेमा हल भने सुनसान छन् । निर्माताहरु हल सञ्चालन गर्ने तयारीमा छन् । त्यसो त लकडाउन हुनु पहिले सिनेमा घरमा सेनिटाइजर र अन्य सुरक्षाका उपाय अपनाइएको थियो ।

सरकारले धेरै भेला हुने ठाउँ भन्दै सिनेमा हलहरु बन्द गरेपछि ती हल खुलेका छैनन् ।

सार्वजनिक सवारी, सडक तथा कार्यालयमा भिड बढिरहेको छ । व्यापार व्यवसाय पनि सामान्य भइसकेका छन् । तर, हल भने सरकारले अझै पनि बन्द गरेको छ ।

हल सञ्चालकहरुले सिनेमा हल खुलाउन पहल गरे पनि सरकारले यसबारेमा कदम चालेको छैन । लकडाउन खुलेपछि अरुतर्फ सामान्य बने पनि सिनेमा क्षेत्रमा भने अझै पनि लकडाउन गरिएको भन्दै सिनेकर्मीले गुनासो गर्न थालेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  १ : २६ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा