दुई पटक आत्महत्याको प्रयास गरेका थिए विपिनले « Khabarhub

दुई पटक आत्महत्याको प्रयास गरेका थिए विपिनले


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको देवदह नगरपालिका–७ स्थित मगर संघको भवनमा रहेको शीत्तलनगर कोरोना क्वारेन्टाइनका सुरक्षा गार्ड विपिन बस्यालले यसअघि दुई पटक आत्महत्याको प्रयास गरेको थाहा भएको छ ।

नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुडका अनुसार परिवारका सदस्यहरूले थाहा पाएर विपिनलाई आत्महत्याबाट जोगाएका थिए । क्वारेन्टिनमा सुरक्षा गार्डका रूपमा कार्यत उनको शरीरमा मंगलबार बिहान आगो लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विपिनले बिहान ४ बजे आफैँले मट्टितेल खन्याएर शरीरमा आगो लगाएका हुन् । उनको शरीरको अगाडिको भाग, अनुहार, हातखुट्टा सबै जलेको प्रहरी बुलेटिनमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार उनलाई देवदह मेडिकल कलेज लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि मिसन अस्पताल, पाल्पा लैजाने क्रममा बिहान ९ बजे बाटोमा मृत्यु भएको हो । यसअघि उनले पटक–पटक विष सेवन गरेर आत्महत्याको प्रयास गरेको थाहा भएको पनि प्रहरी बुलेटिन उल्लेख गरिएको छ ।

विपिन क्वारेन्टिन स्थलमा बिहान शरीर जलेको अवस्थामा भेटिएका थिए । बाटोमा उनले आफैँले शरीरमा मट्टितेल खन्याएर आगो लगाएको बताएको उपप्रमुख गुरुङले जानकारी दिइन् । विपिनलाई अस्पताल लैजाने क्रममा आफू र मेयर हीराबहादुर केसी सँगै रहेको पनि गुरुङले बताइन् ।

देवदह–५, मितेरी टोलका बासिन्दा विपिन २४ वर्षका थिए । उनी देवदह नगरपालिकाका स्वास्थ्य सहसंयोजक रामप्रसाद बस्यालका छोरा हुन् । विपिन विवाहित थिए । उनका एक सन्तान पनि छन् ।

बेरोजगार अवस्थाका विपिनलाई नगरपालिकाले शीत्तलनगर कोरोना क्वारेन्टिनमा सुरक्षा गार्डको काम दिएको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विपिनले किन यसरी आत्मदाहको निर्णय गरे भन्ने प्रष्ट भइसकेको छैन । उनको पोष्टमर्टम लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ३ : ३४ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको