स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार छानविन गर्न प्रधानमन्त्रीलाई देउवाको सुझाब « Khabarhub

स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार छानविन गर्न प्रधानमन्त्रीलाई देउवाको सुझाब


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुख्य विपक्षी दलका नेता शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा भएको अनियमितता तथा भ्रष्टाचारको उचित छानविन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाब दिएका छन् ।

देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणको काममा सरकारबाट भएका कमीकमजोरीको समीक्षा गर्न र प्रभावकारी कदम चाल्न पनि सुझाब दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आयोजना गरेको विपक्षी दलका नेतासहित सरकारी अधिकारी र विज्ञहरूसँगको छलफलमा देउवाले उक्त सुझाब दिएका हुन् ।

देउवाले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेहरूमाथि कडा कारबाही गर्न प्रधानमन्त्रीलाई सुझाब दिए । उनले पीसीआर परीक्षणको दायरा बढाउन पनि भनेका छन् । उनले विज्ञहरूका सुझाब कार्यान्वयन गर्न पनि प्रधानमन्त्रीलाई सुझाब दिए ।

देउवाले विदेशमा रहेका नेपाली कामदारहरूको उद्धार र इनफ इज इनफका अभियन्ताको भोकहडतालका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

आफ्नो भनाइ राखेर देउवा बाहिरएका थिए । बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्रीलाई आफ्नो सुझाब दिएको तर कार्यान्वयन गर्ने नगर्ने प्रधानमन्त्रीकै हातमा रहेको बताए ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ४ : १२ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित