शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान  « Khabarhub

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि वार्ता नगर्ने जनाएको छ।

इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले सोमबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले छिट्टै सम्झौता गर्न चाहेको र वासिङ्टन वार्ता पुनः सुरु गर्न तयार रहेको संकेत दिएको प्रतिक्रियामा इरानको धारणा स्पष्ट पारेका हुन्।

यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानले सम्झौताको गम्भीरता नबुझी छिट्टै सहमति गर्न चाहेको दाबी गरेका थिए। उनले आवश्यक वातावरण सिर्जना गर्न आफूहरू तयार रहेको र वार्ताका लागि सधैँ खुला रहेको उल्लेख गरेका थिए ।

तर रेजाईले अमेरिकी राष्ट्रपतिका मिश्रित अभिव्यक्तिबाट प्रभावित नहुन आग्रह गर्दै तत्काल वार्ताको कुनै तयारी नरहेको बताए। उनले इरान छलफलका लागि तयार भए पनि जलमार्ग आसपासको जोखिममा आएको परिवर्तनका कारण नियन्त्रण कायम राख्नु आवश्यक रहेको उल्लेख गरेका छन् ।

रेजाईले इरानले अघि सारेका शर्त पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता नहुने कुरामा जोड दिए ।

यसअघि जुन १८ मा संयुक्त राज्य अमेरिका र इरानले लेबनानसहित विभिन्न क्षेत्रमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए। उक्त समझदारीअनुसार अन्तिम सम्झौतामा पुग्न दुवै पक्षले ६० दिनभित्र वार्ता गर्ने तालिका तय गरेका थिए।

तर उक्त ६० दिने अवधि अगस्ट १७ मा समाप्त भइसकेको छ। यसबीच अमेरिका र इरानबीच तनावका शृङ्खला बढ्दै गएपछि वार्ता प्रक्रिया ठप्प भएको बताइएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ५ : ०३ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना