आज थपिए २५९ कोरोना संक्रमित, ६५ डस्चार्ज (विवरणसहित) « Khabarhub

आज थपिए २५९ कोरोना संक्रमित, ६५ डस्चार्ज (विवरणसहित)

नेपालमा हालसम्म संक्रमितको संख्या २१ हजार ९ पुग्यो


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

देशभर काेराेना संक्रमितकाे संख्या २१ हजार ९ पुगे पनि १५ हजार २६ जना संक्रमणमुक्त भइसकेका छन्। अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ९२५ रहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए  ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका एकजना, मोरङका २ जना र सुनसरीका ९ जनामा कोरोना पुष्टि भएको छ ।

कोशी अस्पताल प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापाका ३ जना, सुनसरीका ३ जना र मोरङका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा धनुषाका एकजना, इलामका २ जना झापाका ४ जना, मोरङका १० जना, गजेन्द्र नारायणी सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका एकजना र सप्तरीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १२ जना, महोत्तरीका १५ जना, सर्लाहीका एकजना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका एकजना, भक्तपुरका ११ जना, काठमाडौंका ३८ जना र सर्लाहीका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका ६ जना, पर्साका एकजना,रौतहटका ६ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, मोरङका एकजना, नुवाकोटका २ जना, स्याङ्जाका एकजना, तनहुँका १ जना र रुकुम पश्चिमका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना र चितवनका एकजना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका एकजना, काठमाडौंका २ जना, ललितपुरका एकजना र रुपन्देहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बीआइडिएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा बाराका एकजना र भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, लमजुङका एकजना, पर्वतका एकजना र स्याङ्जाका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ५ जना र रुपन्देहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ११ जना र सल्यानका २ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका २ जना, रुपन्देहीका २ जना र सल्यानका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका ११ जना र कैलालीका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै डा गौतमका अनुसार हालसम्म २१ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार २६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ४ : ४८ बजे

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग