सुनसरीको इनरुवामा २६ गतेसम्म पूर्ण लकडाउन « Khabarhub

सुनसरीको इनरुवामा २६ गतेसम्म पूर्ण लकडाउन


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरी सदरमुकाम इनरुवामा साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गरिने भएको छ ।

इनरुवा नगरपालिकाले कोरोना संक्रमित बढेपछि साउन २६ सम्म बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

आज बसेको सरोकारवालासँगको बैठकले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएका कारणले २६ गते सोमबारसम्म बजार क्षेत्रमा पूर्णरुपले लकडाउने गर्ने निर्णय गरेको हो ।

इनरुवा–१ का एक जनामा कोरोना भाइरस पोजेटिभ भेटिएपछि त्यसलाई नियन्त्रण गर्न र अन्य व्यक्तिमा सङ्क्रमण फैलिन नदिनका लागि बजार क्षेत्रका अतिआवश्यक सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिए ।

नगरपालिकाले बजार क्षेत्रभित्र रहेका सम्पूर्ण पसल, होटल, सार्वजनिक याताताय, सिटी सफारी, टेम्पोलगायतका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख मेहताले बताए ।

त्यसैगरी नगर क्षेत्रमा रहेका कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकबाहेकका सबै बैंक तथा वित्तीय संस्था, नगरपालिका र वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवासमेत अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गर्ने निर्णय गरेको नगरप्रमुख मेहताले जानकारी दिए ।

सङ्क्रमण भेटिएका एक जना व्यापारीको क्लोज कन्ट्रयाक्टमा आएका ६५ जनाको बुधबार स्वाब सङ्कलन गर्ने, इनरुवाका १० वटै वडाबाट प्रतिवडा ५० जनाको दरले स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइने, पिसिआर परीक्षणको दायरा बढाउने निर्णय भएको नगरपालिकाका स्वास्थ्य शाखाका मिश्रीलाल मेहताले बताए ।

नगरपालिकाको निर्णयलाई उल्लङ्घन गरेको पाइएमा सिधै क्वारेन्टिइनमा त्यस्ता व्यक्तिलाई राख्नेसमेत नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : ३२ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल