कश्मीरसहितको भूभाग समेटेर पाकिस्तानले जारी गर्‍याे नयाँ नक्सा « Khabarhub

कश्मीरसहितको भूभाग समेटेर पाकिस्तानले जारी गर्‍याे नयाँ नक्सा


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानले मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ।

नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटिएको छ। पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले आज उक्त नक्सालाई पारित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीको हवला दिँदै पाकिस्तानले पहिलो पटक पूरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको उल्लेख गरेको छ।

पाकिस्तानले नयाँ नक्सामा लद्दाख, सियाचिनसमेत गरी गुजरातको जुनागढमा आफ्नो दाबी गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान ख़ानले मंगलवार नयाँ नक्सा जारी भएको बारे जानकारी दिएका छन् ।

मन्त्रिपरिषदको यो निर्णयमा विपक्षी पार्टीले समेत स्वागत गरेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्साले पाकिस्तान जनताको उमंगको प्रतिनिधित्व गर्छ । पाकिस्तान र कश्मीर बासिन्दाहरुको सैद्धान्तिक विचारधाराको समर्थन गर्छ ।’

उनले अब पाकिस्तानका स्कूल, कलेज र सबै सरकारी कार्यालयमा नयाँ आधिकारिक नक्सा प्रयोगमा ल्याइनेछ ।

 

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : ४० बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल