अमेरिकामा अर्का अश्वेत नागरिकको मृत्यु, ७ प्रहरी निलम्बित « Khabarhub

अमेरिकामा अर्का अश्वेत नागरिकको मृत्यु, ७ प्रहरी निलम्बित


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा अर्का अश्वेत नागरिक ड्यानियल प्रुडेको मृत्यु भएको छ । प्रहरीले लगाएको स्पिट हूडका कारण श्वास फेर्न नसकेर उनको मृत्यु भएको हो ।

मानिसहरुमाथि थुकिरहेका ड्यानियललाई त्यसबाट रोक्नका लागि प्रहरीले स्पिट हूड लगाएको थियो । संस्थागत रुपमा रहेको रंगभेदका कारण ड्यानिएलको निधन भएको रोचेस्टरकी मेयर वारेनले बताएकी छन् ।

४१ वर्षका ड्यानिएलको गएको मार्च ३० मै निधन भएको हो । प्रहरीले पक्राउ गर्दा निसास्सिएर गम्भीर बिरामी परेका उनलाई अस्पतालमा भर्ना गरेको सात दिनपछि निधन भएको हो । तर घटना अहिले मात्रै सार्वजनिक भएको हो ।

Impromptu memorial to Daniel Prude on Jefferson Avenue, Rochester, 3 September 2020

७ प्रहरी निलम्बित

अमेरिकाको रोचेस्टर शहरका मेयर लभ्ली वारेनले एक निहत्था अश्वेत अमेरिकीलाई पक्राउ गर्ने क्रममा ज्यादती गर्ने ७ प्रहरीलाई निलम्बित गरेकी छन् ।

पक्राउ गर्ने क्रममा प्रहरी ज्यादतीका रोचेस्टरका अश्वेत अमेरिकी ड्यानिएल प्रुडेको निधन भएको खबर बाहिरिएपछि मेयर वारेनले ७ प्रहरी अधिकारीलाई निलम्बित गरेकी हुन् ।

उनको निधन गएको मे २५ मा मिनेशोटामा प्रहरी बर्बरताकै कारण मारिएका जर्ज फ्लोइडको भन्दा दुई महिना पहिले भएको हो । फ्लोइडको निधनपछि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेत विरुद्ध आन्दोलन हुँदै आएको छ ।

फ्लोइड र ड्यानिएलमाथि प्रहरीले पक्राउ गर्ने क्रममा गरेको व्यवहार समान खालको रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु दुवैलाई प्रहरीले टाउको अँठ्याएर प्रक्राउ गरेको थियो ।

७ प्रहरीलाई निलम्बित गरेकी मेयरले घटनाको अनुसन्धान नगरकी न्यायाधीवक्ताले गरिरहेको बताएकी छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : १६ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक