सलमान खानले जिम्मा लिएको गाउँ बनाउन थाले « Khabarhub

सलमान खानले जिम्मा लिएको गाउँ बनाउन थाले


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सलमान खानले गत फेब्रअरीमा वाचा गरे अनुसारको एउटा गाउँ बनाउने काम शुरु गरेका छन् ।

सन् २०१९ मा भारतको महाराष्ट्रको खिद्रापुर गाउँमा बाढीका कारण पुरै गाउँ विस्थापित बनेको थियो । जसबारे सलमानले सन् २०२० को फेब्रुअरीमा सम्पुर्ण गाउँलेको घर बनाउने जिम्मा आफुले लिने बताएका थिए । सोहि अनसार सलमानले वाचा पुरा गर्दै घरको पुनर्निर्माण शुरु गरेका छन् ।

खिद्रापुरमा ७० घर बाढि प्रभावित थिए । सलमानले उक्त गाउँलाई आफुले एडोप्ट गरेको उद्घोष गर्दै त्यस गाउँको पुनर्निर्माणमा आफु लागि पर्ने बताएका थिए । सलमानको काम थालेको चर्चा गर्दै महाराष्ट्र सरकारका मन्त्री राजेन्द्र पाटिलले सलमानले वाचा अनुसारको काम शुरु गरेको जानकारी गराएका छन् ।

मन्त्री राजेन्द्रका अनुसार सलमान खानको मद्दतबाट ७० परिवारको घर पुनर्निर्माण शुरु भएको छ । सलमान हाल राधे ः योर मोस्ट वान्टेडको काममा समेत ब्यस्त छन् ।

इदमा रिलिज हुने भनिएको राधेको मिति हाललाई टरेको छ । हाल उनि बिग बोसको नयाँ सिजनमा ब्यस्त छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ७ : २५ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई