डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएमा समेत हुनसक्छ कोरोना ! | Khabarhub Khabarhub

डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएमा समेत हुनसक्छ कोरोना !


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको खास लक्षण ठ्याक्क यही हो भन्न सक्ने अवस्था छैन ।  मानिसमा अनेक लक्षणहरु देखापर्ने गरेको पाइन्छ । अधिकांश संक्रमितहरु त लक्षणविहीन नै छन् ।

यो अवस्थामा हालै बेलायतमा गरिएको एक अनुसन्धानले डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएमा समेत कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने निष्कर्ष निकालेको छ । विशेष गरी यी लक्षणहरु बालबालिकामा बढी देखिने अध्ययनले बताएको छ ।

क्विन्स युनिभर्सिटीको बेलफास्ट टिमले गरेको अनुसन्धानले बालबालिकालाई डायरिया हुने, उल्टी हुने र पेट बटारिने लक्षण देखिएमा कोरोना संक्रमण भएको हुनसक्ने बताएको हो ।

यस अनुसन्धानका लागि एक हजार बालबालिकालाई समावेश गरिएको बिबिसीले उल्लेख गरेको छ ।

मेडआरकाइभमा प्रकाशित यस अनुसन्धानका अनुसार ९९२ बालबालिका मध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । ६८ मध्ये १३ बालबालिकाले डायरीया, उल्टीम पेट दुख्ने सिकायत गरेका थिए ।

६८ मध्ये २१ बालबालिकामा ज्वरो आउने समान लक्षण पाइएको थियो । यस अध्ययनमा समावेश गरिएका बालबालिकालाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था भने नदेखिएको उल्लेख छ ।

यस अनुसन्धानको नेतृत्व गरेका अनुसन्धानकर्ता डाक्टर टम वाटरफिल्डले भने, ‘हामीलाई थाहा थियो, संक्रमित धरै जसो बालबालिकाको अवस्था राम्रो नै थियो । तर हामीलाई थाहा छैन यी संक्रमित बच्चाबाट कति धेरै संक्रमण फैलियो ।’

उनले संक्रमित केहि बच्चामा डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएकाले यसलाई कोरोनाको लक्षणमा समावेश गर्न पर्याप्त भएको बताए ।

बेलायतको स्वास्थ्य मन्त्रालयले यस अनुसन्धानको सुझावलाई अध्ययन गरिरहेको र कोरोनाको लक्षणमा समावेश गर्ने विषयमा छलफल भइरहेको बताएको छ ।

अहिले बेलायतमा मुख्यरुपमा खोकी, ज्वरो, गन्ध वा स्वाद थाहा नपाउनेलाई कोरोनाको लक्षणको रुपमा मानिदै आएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले यस अघि नै यस किसिमको लक्षणलाई कोरोनाको लक्षणमा समावेश गरिसकेको छ । स्रोत- बीबीसी

 

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ८ : ०६ बजे

एक सय ५९ वटा कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक

पश्चिम भारतमा भारी वर्षा, १८ जनाको मृत्यु

अहमदाबाद – भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण

व्यवसायीक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

काठमाडौं– नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा

राष्ट्रपतिद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय

बाढीबाट जोगाउन तटबन्ध निर्माण

कञ्चनपुर– स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई