प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई कोरोना संक्रमितको स्वास्थ्यमा उल्लेख्य सुधार « Khabarhub

प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई कोरोना संक्रमितको स्वास्थ्यमा उल्लेख्य सुधार


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालमा प्लाज्मा थेरापी प्रभावकारी देखिएको छ ।

हालै बाँकेका दुई ठूला अस्पतालमा प्लाज्मा र रेम्डिसिभिर दिइएका दुई गम्भीर अवस्थाका कोराना सङ्क्रमितको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएका छ ।

भेरी अस्पतालमा पहिलो पटक प्लाज्मा दिइएका सल्यान शारदा नगरपालिका–६ का २९ वर्षीय गम्भीर कोरोना सङ्क्रमित पुरुष र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक रेम्डिसिभिर दिइएका धनगढीका ४८ वर्षीय पुरुषको स्वास्थ्यमा क्रमिक सुधार देखिएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका प्लाज्मा थेरापीका सम्पर्क व्यक्ति डा. खगेन्द्रजङ्ग शाहले गत शुक्रबार भेरी अस्पतालमा भर्ना भएका सल्यानका पुरुषको अवस्था निकै गम्भीर बनेपछि उनलाई मङ्गलबार प्लाज्मा दिइएको र त्यसपछि क्रमशः उनको स्वास्थ्यमा सुधार आउँदै गएको बताए ।

उनले प्लाज्मा दिएको तेस्रो दिनमै उनको स्वास्थ्यमा राम्रो सुधार देखिएकोले आफूहरू उत्साहित भएको बताए ।

डा. शाहले सङ्क्रमितको स्वास्थ्य अवस्थामा व्यापक सुधार आएको जनाउँदै यस्तै अवस्था रहेमा उनलाई बिहीबारनै अक्सिजनबाट बाहिर निकालिने पनि बताए ।

ती सङ्क्रमितलाई नेपालगञ्ज १ का वडाअध्यक्ष प्रमोद रिजालले प्लाज्मा दिएका थिए ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल फिजिसियन डा. श्याम विकको नेतृत्वमा डा.सन्देश पण्डितसहितको टीमले पहिलो पटक सङ्क्रमितलाई मङ्गलबार रेम्डिसिभिर औषधि दिएको थियो ।

सङ्क्रमितको उपचारमा संलग्न फिजिसियन डा. विकले न्यायलयका उच्च अधिकारी ती सङ्क्रमितलाई बिहीबारसम्म आइपुग्दा रेम्डिसिभिरको पाँचौ डोज दिइएको बताए ।

उनको स्वास्थ्यमा उत्साहजनक सुधार भइरहेको जनाउँदै सोही अस्पतालमा रहेका अन्य गम्भीर अवस्थाका बिरामीलाई रेम्डिसिभिर दिन थालिएको बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ८ : २३ बजे

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत