मलाई नजिकबाट नियाल्ने मित्रहरुले कसैले फोन नै गरेर र कसैले सामाजिक सञ्जाल, फेसबुक, भाइबर आदिमा सम्पर्क गरेर भन्नुहुन्छ– ‘तपाईंले त साधनाको उपल्लो शिखर चुमिसक्नुभयो, हामीलाई पनि तपाईं पुगेको ठाउँमा पुर्याउनुस् ।’
तर मेरो विचारमा साधनामा कोही काहीँ पुग्दैन । बाहिरको अनियन्त्रित भीडलाई छाडेर आफूभित्रै धैर्यसँग साधना गर्दै जाँदा विस्तारै आफूभित्रका खजाना अन्तर्यमै देख्न थालिने हो भनेर मित्रहरुलाई जवाफ दिने गरेको छु ।
मलाई प्रस्ट थाहा छ, मैले ध्यान साधनाका बारेमा धेरै गहिराइ चुम्न अझै बाँकी नै छ । तैपनि दश वर्षको साधनाका दौरानमा समग्र विश्वमा जे छ त्यो हरेक व्यक्तिभित्रै पनि छ र विश्वमा जे छैन त्यो व्यक्तिभित्र पनि छैन भन्ने बुझेको छु । मलाई विशाल विश्व र प्रत्येक मानव एकै हुन् जस्तो लाग्छ । अर्थात् विश्व ब्रह्माण्डको शक्ति प्रत्येक मानवले बोकेको छ । त्यो देखिने, अनुभव गरिने भनेको ध्यान साधनाबाट मात्रै हो ।
ज्ञानलाई हाम्र पूर्वजहरुले पवित्र ‘गंगा’ नदीसँग तुलना गरिदिए । अब भन्नुहोस्, ध्यान–ज्ञानको गंगामा डुबुल्की मारेर कोही पारङ्गत होला त ? त्यसैले मैले पनि साधनामा धेरै सिक्न बाँकी नै छ । मलाई चिन्ने मित्रहरुले मैले जति गहिराइ चुमेँ भनेर विश्वास गर्नुहुन्छ, तर आफू स्वयंले साधनामा धेरै नै गर्न बाँकी नै छ भन्ने आफूलाई प्रस्ट थाहा छ । तैपनि म आफूभित्रको जुन केन्द्रसम्म पुगेको छु, जिज्ञासु साधकहरुलाई त्यहाँसम्म पुर्याउन सक्छु भन्ने अठोटचाहिँ व्यक्त गर्दछु ।
यो आलेखमा ध्यानमा अघि बढ्दै गरेका जिज्ञासु मित्रहरुकै आग्रहमा अनाहत नादका बारेमा चर्चा गर्ने जमर्को गरेको छु ।
नाद दुई किसिमका हुन्छन्– एउटा आहत र अर्को अनाहत ।
भावनात्मक स्मरणले शिरमा रिदमको अनेकौं सूक्ष्म स्वर ध्वनि तरंग झन्कारको आवाजहरु सुन्न सकिन्छ । यी ध्वनि तरंगको आनन्दमा एकाकार हुँदै प्रक्षेपणको अलौकिक अनुभूतिमा साधकहरु अद्भूत र अलौकिक स्वरुपको दर्शन गर्न पुग्छ । यी दिव्य अनुभूतिका साक्षात्कारले ध्यानीको आनिबानीमा सुधार र रोग प्रतिरोधात्मक शक्ति बढ्छ ।
विषयवस्तुको स्पर्श र ठक्करबाट उत्पन्न हुने ध्वनि तरङ्गलाई आहत नाद भनिन्छ । जस्तै दुवै हत्केलाले ताली बजाउँदा आउने आवाज, शङ्ख घण्ट, बाजा वा कुनै वस्तु अर्कोमा ठोक्किएर उत्पन्न ध्वनि तरंगलाई आहत नाद भनिन्छ ।
यस्ता आवाज वा ध्वनि तरङ्गहरुलाई कानबाट थाहा पाइन्छ । हाम्रो कानमा २० हर्जदेखि ५० किलो हर्जसम्म सुन्न सक्ने सामथ्र्य हुने वैज्ञानिकहरु बताउँछन् । वर्षौं–वर्ष ध्वनिका आवाजहरु सुनिरहने बानीले हाम्रा शिरका वरिपरि ध्वनिको रिदम रहिरहेकाले टाउकोमा अनेकौं सूक्ष्म आवाजहरुको केन्द्र बनेको छ ।
भावनात्मक स्मरणले शिरमा रिदमको अनेकौं सूक्ष्म स्वर ध्वनि तरंग झन्कारको आवाजहरु सुन्न सकिन्छ । यी ध्वनि तरंगको आनन्दमा एकाकार हुँदै प्रक्षेपणको अलौकिक अनुभूतिमा साधकहरु अद्भूत र अलौकिक स्वरुपको दर्शन गर्न पुग्छ । यी दिव्य अनुभूतिका साक्षात्कारले ध्यानीको आनिबानीमा सुधार र रोग प्रतिरोधात्मक शक्ति बढ्छ ।
तर यसबाट सुख, शान्ति, समृद्धि, आनन्द र मोक्षको प्राप्ति हुन सक्दैन । जुन क्षण अद्भूत अलौकिक अखण्ड दिव्य दृश्य दर्शनको अनुभूति हुन्छ, त्यही क्षण मात्र आनन्द र शान्तिको अनुभूति हुन्छ । त्यो आनन्द, शान्ति जीवनमा रहिरहन्छ न त फर्केर नै दोहोरिएर जीवनमा आउँछ । ध्यानीजनहरु यहाँ अलमलमा पर्ने सम्भावना रहन्छ । किनकि यसैलाई उनले अनाहत नाद, ओमकार ध्वनि भन्ठान्छ र झन्–झन् आनन्दको आशक्ति तृष्णा जागिरहन्छ ।
यी आशक्ति र तृष्णाले हजार गुणा अहंकार, मनलाई विखण्डित र तनाव बढाइरहेको हुन्छ । आहत नाद र अनाहत नादमा ठूलो अन्तर छ । भावनात्मक स्मरणबाट आहत नादको ध्वनि झन्कार भावनात्मक आनन्दमा एकोहोरो धेरै समय, दिन, वर्षसम्म आनन्दले सुनिरहे अन्ततोगत्वा सहस्र र भृकुटी अर्थात् आज्ञा क्षेत्रमा विकराल परिस्थिति सृजना हुन सक्छ ।
हाम्रो टाउकाभित्रका असंख्य सूक्ष्म तन्तुहरुलाई ध्वनिका झन्कार विशेष लिक्विड वा सकारात्मक रसायन ऊर्जा तरंगको दबाबले टाउको दुख्ने र माइग्रेनको बिमारी हुन सक्ने सम्भावना हुन्छ । यी यस्ता समस्याहरु भनिरहँदा भावनात्मक भुलभुलाइमा रमाइरहेका साधकहरुमा अशोभनीय जिज्ञासा उत्पन्न हुन सक्छ ।
ध्यान साधनाको विशेष विधिको माध्यमद्वारा भावनात्मक स्पर्शबाट ती आनन्दलाई निकास दिँदै जानुपर्छ । दिँदै जाँदा एक दिन साधकको जीवनमा यस्तो घटना घटित हुन्छ– सहस्रारबाट आज्ञा हुँदै त्यो ऊर्जाशक्ति विशेष रसायन हृदय क्षेत्रमा झर्दछ ।
तर धेरैको जीवनमा शिर र निधारमा दर्दनाक समस्या आएका छन् । कुण्डलिनीको नाममा अकर्मण्यताले आज्ञा जगाउने र सहस्र छेदन गर्ने नाममा ध्यानीजनहरु मर्माहित भएका छन् । यी पंक्तिकारले वर्षौंवर्ष शिर दर्द अर्थात् माइग्रेनको स्थिति भोग्नुपरेको अनुभव छ ।
कुण्डलिनी शक्तिलाई दुई प्रकारले ऊध्र्वगामी गराएको देखियो– शक्तिपादका विधि र प्रणायमका विधिबाट । कुण्डलिनी अर्थात् शरीरको अंगहरु कम्पन गराउने विधि शक्तिपाद भन्दा प्राणायाम विधि उपयुक्त मानिन्छ । प्राणायामको विधिबाट रिडको हड्डीको अन्तिम भाग त्यहाँ विशेष मासुको डल्लो हुन्छ । त्यहीँबाट विशेष रसायन रिडको हड्डीको भित्री भागबाट माथि झड्काको साथ ऊर्जा शक्तिको रुपमा रहेको रसायन सहस्रारमा पुग्छ ।
यी रसायनको रूपमा रहेको ऊर्जा शक्ति माथिबाट तल झर्न सक्दैन, घाँटीको पछाडिको डल्लो गाँठोले तलको रसायन ऊर्जा शक्ति र माथिल्लो रसायन ऊर्जा शक्ति अर्थात् तल र माथिको दुवै ऊर्जा शक्तिलाई समानान्तर रुपले रोक्ने काम गर्दछ । यी विषेश ऊर्जा शक्ति रसायन आज्ञा क्षेत्र र सहस्रारमा पुगेपछि बहुत आनन्द दिव्य अनुभूतिको दर्शन गराउँछ । साधक यहाँ अलमलिनु स्वाभाविक हुन्छ । वर्षौं–वर्ष आज्ञा र सहस्रारको खिचातानीको आनन्दमा अलमलिरहे माथि भनेझैँ विकराल अवस्था आउन सक्छ ।
अब विशेष रसायन ऊर्जा शक्तिको माध्यमबाट दिव्य आनन्द अखण्ड स्वरुपको दिव्य अनुभूतिको स्तरमा सहस्रबाट आज्ञा हुँदै हृदयक्षेत्रमा मनोवृत्तिको स्पर्शको माध्यमबाट निकास दिँदै जानुपर्छ । यदि त्यो विशेष रसायनले अर्थात् ऊर्जा शक्ति आनन्दको स्वरूपलाई स्थान परिवर्तन गरी निकास दिन सकेन भने माथि उल्लेख गरिएको झैँ साधकले दुःख भोग्नुपर्छ ।
ध्यान साधनाको विशेष विधिको माध्यमद्वारा भावनात्मक स्पर्शबाट ती आनन्दलाई निकास दिँदै जानुपर्छ । दिँदै जाँदा एक दिन साधकको जीवनमा यस्तो घटना घटित हुन्छ– सहस्रारबाट आज्ञा हुँदै त्यो ऊर्जाशक्ति विशेष रसायन हृदय क्षेत्रमा झर्दछ ।
शरीरका कोष–कोषमा अणु परमाणुहरुको पुञ्ज घनीभूत उथलपुथल भएर ‘प्रकट–नष्ट, उदय–विलय र टुक्रा–टुक्रामा विभाजन’ भएको प्रत्याभूति हुन्छ । ऊर्जा शक्तिको मुख्य केन्द्र हृदय क्षेत्र भएर शरीरका सबै अंगहरुका रोमरोमबाट विशेष प्रकारको संगीतको ध्वनि प्रकट भएर शरीर नै अकारण बज्न थाल्छ ।
हृदय क्षेत्रमा ऊर्जा शक्तिका रसायनको थोपा झर्दा तरंग, कम्पन विषेश ध्वनि झञ्कारको प्रादुर्भाव हुन्छ । हो यो ध्वनिलाई जानकारहरु अनाहत नाद वा ओमकार नाद नामले पुकार्छन् । साधकको शरीरमा हिँडदा, बस्दा, उठ्दा तरङ्गै–तरङ्ग, पराकम्पै–पराकम्प ध्वनिको गुञ्जनै–गुञ्जन आनन्दको वर्षै–वर्षा बर्सिन शुरु हुन्छ ।
शरीरका कोष–कोषमा अणु परमाणुहरुको पुञ्ज घनीभूत उथलपुथल भएर ‘प्रकट–नष्ट, उदय–विलय र टुक्रा–टुक्रामा विभाजन’ भएको प्रत्याभूति हुन्छ । ऊर्जा शक्तिको मुख्य केन्द्र हृदय क्षेत्र भएर शरीरका सबै अंगहरुका रोमरोमबाट विशेष प्रकारको संगीतको ध्वनि प्रकट भएर शरीर नै अकारण बज्न थाल्छ ।
हरेक क्षण उठ्दा, बस्दा, सुत्दा, हिँड्दा कार्य क्षेत्रमा लाग्दा आनन्द नै आनन्दमा जीवन चलिरहेको अनुभव हुन्छ । यस्ता साधक करुणा, भक्ति, श्रद्धा, अहोभाव, अनुकम्पा मैत्री मंगलका प्रत्यक्ष अनुभव गर्दै मोक्ष मार्गतिर अग्रसर हुँदै साधना पथतिर अझ अगाडि लम्कन्छ । चित्तका अनेकौं वेदनाहरुको अनुकरणीय साक्षी बस्दछ ।
शान्त मन, चित्त निर्मल हुँदै सबै दुःख कष्टबाट मुक्त हुन्छ । एक दिन यस्तो घटना घटित हुनेछ– यो संसारमा कहीँ कतै दुःख देखिँदैन र दुःख हुने छैन ! जीवन जगत्बाट मोक्ष हुनेछ । सन्त बन्नेछ ! अरहन्त बन्नेछ ।
प्रतिक्रिया