जोखिममै सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा… « Khabarhub

जोखिममै सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा…


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- सामान्य अवस्थामा बिरामीलाई शल्यक्रिया गर्दा चिकित्सकलाई केही हदको जोखिम मोल्नुपर्छ नै । खतराको बीचबाट सफल हुने शल्यक्रियाले अझ बढी उनीहरुलाई पेशागत सन्तुष्टि मिल्छ । शल्यक्रियाबाट नयाँ जीवन प्राप्तिको अनुभव गर्नेले व्यक्त गर्ने खुशी यथार्थमा चिकित्सकको जीवनको सर्वोत्तम खुशी बन्छ ।

ती खुशीले नै चिकित्सकलाई जटिल परिवेशका माझमा थुप्रै चुनौतिसँग लड्ने ऊर्जा मिल्छ भन्ने उदाहरण पाउन सकिन्छ । यद्यपि त्यही उदाहरणीय काम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत स्त्रीरोग विशेषज्ञ डा.सुबी बस्न्यात नेतृत्वको टोलीले देखाएको छ । कर्णालीका सयौं महिलाको प्रसव वेदनासँग साक्षात्कार डा.सुबी र उनी नेतृत्वको टोलीलाई विश्वव्यापी सङ्कट बनेको कोरोना भाइरस (कोभिड–१९) को त्रासका बीच सात गर्भवतीलाई सुत्केरी र शल्यक्रिया गर्नु सहज थिएन । तथापि यही महामारीको सङ्कटमा उक्त टोलीले कोरोना सङ्क्रमित पाँच गर्भवतीलाई सुत्केरी र दुईजनालाई शल्यक्रिया गर्‍यो ।

‘सामान्य सुत्केरीलाई शल्यक्रिया गर्दाको जोखिम त छँदै थियो तर यो महामारीको प्रकोपको बेलामा जोखिम झन् चरम बनेर आयो,’ डा.बस्न्यातले भनिन, ‘कोरोना सङ्क्रमित महिलाको सुरक्षित शल्यक्रिया गर्नुका साथै आफू पनि त्यो सङ्क्रमणबाट बच्न त्यत्तिकै संयम हुनुपर्ने ।’ शुरुको सिञ्जा गाउँपालिकाको कोरोना सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा निकै डर लागेर आएको उनले बताइन ।

‘जटिल परिस्थितिमा टोलीमा रहेर विशेष सहयोग पुर्‍याउन नर्स तथा अपरेशन थिएटरका सबै स्टाफको ठूलो भूमिका छ । सबैको संयुक्त प्रयासले आफूसहित कोरोना सङ्क्रमित सुत्केरीको जीवन बचाउन र सुरक्षित राख्न सफल भयौँ ,’ उनले भनिन् ।

टोलीले कालीकोट महावै गाउँपालिका, जुम्ला गुठिचौर, सिञ्जा, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका कोरोना सङ्क्रमित सात गर्भवतीको शल्यक्रिया र सुरक्षित सुत्केरी गराएको थियो ।

त्यसैगरी, उनकै नेतृत्वमा स्त्रीरोग विशेषज्ञ डा.राजीव शाह, एनेस्थेसियोलोजिष्ट डा.रविन खातुङलगायतको टोलीले मुटु रोगी सिञ्जा गाउँपालिका जुम्ला र ज्वरो रोगी महावै गाउँपालिका कालीकोटको सुत्केरी गराउनुपर्ने कोरोना सङ्क्रमितको सफल उपचार गरेर ज्यान जोगाएको थियो ।

स्त्रीरोग विशेषज्ञ डा.शाहले सङ्क्रमित सात गर्भवतीमध्ये चार जनालाई सामान्य सुत्केरी, दुई जनालाई शल्यक्रिया र एक जना सेभेएर प्रिक्लाम्सिया भएको गर्भवतीको पनि उपचार गराईएको बताए । ‘बन्दाबन्दी पूर्वप्रति महिनामा सुरक्षित गर्भपतनका १०–१५ केस आउने गरेकोमा त्यसपछि प्रति महिना ३०–४० केस आउने गरेका छन्,’ उनले भने, ‘शायद बन्दाबन्दीका कारण गाउँमा स्वास्थ्य सेवा सहजै पाउन नसकेर अहिले गर्भपतनका केसहरु बढेको हुन सक्छ ।’

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १२ : ४८ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट