रुपन्देहीमा एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

रुपन्देहीमा एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देहीमा आज एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल जिल्ला स्वास्थ्य कार्यलयले दिएको जानकारी अनुसार बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना, गौतम बुद्ध मुटु अस्पतालमा एक जना र सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा रहेका एक जनाको मृत्यु हो ।

बुटवलको कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका—८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ ४ गते अस्पताल भर्ना भएका ती पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियुमा उपचार भइरहेको थियो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो ।

सिद्धार्थनगर नगरपालिका—७ निवासी ६४ वर्षीया महिलाको बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप, समधुमेह र मृगौला रोगपीडत ती महिलामा निमोनिया देखिएपछि अस्पतालमा भर्ना भएकी थिइन् । उनका कोरोना संक्रमण देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा रहेका एक संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदार शाहका सिद्धार्थनगर—८ का ती पुरुष क्यान्सरका रोगी थिए ।

उनको मृगौलामा पनि समस्या थियो । मृगौलाले काम गर्न छाडेपछि उनकोे मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ३ : ०३ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको