प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु


१९ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानरगालिका वडा नम्बर ११ की ५२ वर्षीया महिलाको शुक्रवार दिउँसो मृत्यु भएको हो ।

ती महिलामा निमोनिया देखिएको थियो । निमोनियाले ग्रस्त ती महिलालाई भदौ १० गते अस्पताल भर्ना गरिएको थियो ।

उनमा भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार ती महिलाको अवस्था गम्भीर भएपछि बिहीवार राति प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

योसँगै चितवनमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या २१ पुगेको छ । तीमध्ये ११ जना चितवनका रहेको र बाँकी अन्य जिल्लाका रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ४ : ०० बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच