प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानरगालिका वडा नम्बर ११ की ५२ वर्षीया महिलाको शुक्रवार दिउँसो मृत्यु भएको हो ।

ती महिलामा निमोनिया देखिएको थियो । निमोनियाले ग्रस्त ती महिलालाई भदौ १० गते अस्पताल भर्ना गरिएको थियो ।

उनमा भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार ती महिलाको अवस्था गम्भीर भएपछि बिहीवार राति प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

योसँगै चितवनमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या २१ पुगेको छ । तीमध्ये ११ जना चितवनका रहेको र बाँकी अन्य जिल्लाका रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ४ : ०० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर