नेपालमा थपिए १,३५९ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

नेपालमा थपिए १,३५९ कोरोना संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार नयाँ थपिएका संक्रमितमध्ये ३६४ जना महिला र ८९५ जना पुरुष रहेका छन् । देशभर १८ हजार ४०४ जना सक्रिय संक्रमित रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदपयुरका एकजना, खोटाङका २ जना, ओखलढुंगाका २ जना, झापाका २८ जना, मोरङका ७६ जना र सुनसरीका ३९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४३ जना, पर्साका २७ जना , बाराका २१जना, महोत्तरीका ४६ जना, रौतहटका २ जना, सप्तरीका २६ जना, सर्लाहीका ८० जना र सिरहका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३८६ जना, काभ्रेका ७ जना, चितवनका ८२ जना, दोलखाका २ जना, धादिङका १९ जना, नुवाकोटका ५ जना, भक्तपुरका ३६ जना, मकवानपुरका १८ जना, रसुवाका एकजना, रामेछापका १३ जना, ललितपुरका ३२ जना, सिन्धुपाल्चोकका ४ जना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २० जना, गोरखाका २६ जना, तनहुँका १२ नवलपरासी पूर्वका २८ जना, म्याग्दीका एकजना, लमजुङका १० जना, बाग्लुङका एकजना र स्याङ्जाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका ७ जना, गुल्मीका २ जना, दाङका ७ जना, पाल्पाका ६ जना, बर्दियाका १४ जना, बाँकेका ४८ जना, रुकुम पूर्वका एकजना र रुपन्देहीका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका २ जना, जुम्लाका २१ जना, दैलेखका ९ जना, रुकुम पश्चिमका एकजना, सल्यानका एकजना, सुर्खेतका २४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका एकजनाजना, कंचनपुरका ५ जना, कैलालीका ५२ जना, डोटीका ४ जना, दार्चुलका ३ जना, बझाङका ३ जना र बैतडीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ४ : ३९ बजे

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा