अर्थमन्त्री खतिवडाले दिए राजीनामा | Khabarhub Khabarhub

अर्थमन्त्री खतिवडाले दिए राजीनामा


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन्।

डा खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम आजै आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिउको छ ।

राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो तत्कालका लागि बन्द भएको छ ।

प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन्। खतिवडा गैर संसाद कै रुपमा ६ महिनासम्म मन्त्री बनेका हुन्।

गएको २० फागुनमै राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यअवधि सकिएको भए पनि खतिवडा अहिले अर्थ र सूचना, प्रविधि एवम् सञ्चार मन्त्रालय सम्हालेका थिए ।

भदौ २० मा खतिवडाको पद स्वतः सकिने भएपछि उनले शुक्रबार नै राजिनामा दिएका हुन् । संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बनेका थिए।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : २५ बजे

बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमा घाँसको समस्या

तनहुँ– तनहुँको बन्दीपुरमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयले २९ जिल्लामा

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा पूर्ववत सेवा प्रवाह

दाङ– गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा

घरेलु कार्यालय भोजपुरद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी

भोजपुर– भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग

झापा– गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको प्रदर्शनका

महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

काठमाडौं– कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग