गोंगबु हत्या काण्ड : कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाइने « Khabarhub

गोंगबु हत्या काण्ड : कल्पनालाई पुर्पक्षका लागि थुनामा पठाइने


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ जिल्ला अदालतले कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा पक्राउ कल्पना मुडभरी (पौडेल) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार उक्त अभियोगमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतमा फैसला कार्यान्वयन गरिएको बताइएको छ ।

पौडेललाई सुन्धारास्थित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार र पौडेलकी १५ वर्षीया छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले आदेश दिएको छ ।

गोंगबूमा गत साउन २५ गते बोहराको हत्या गरी घाँटी र खुट्टा एउटा सुटकेस र शरीर अर्को सुटकेसमा रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । सोही घटनाका अभियुक्त पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ५२ बजे

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र