ललितपुरको चक्रपथ क्षेत्रभित्र लगाइएको कर्फ्यु राति १० बजे हट्ने « Khabarhub

ललितपुरको चक्रपथ क्षेत्रभित्र लगाइएको कर्फ्यु राति १० बजे हट्ने


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म लगाएको कर्फ्यु हटाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठक र अन्य सरोकारवाला पक्षसँग भएको छलफलपछि शुक्रबार राति १० बजेबाट कर्फ्यु हटाउने निर्णय गरिएको हो ।

तर, रातो मत्स्येन्द्रनाथको रथ भएको क्षेत्र वरपर भने बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेधित क्षेत्र घोषणा गर्दै यसलाई भदौ २६ गते राति १० बजेसम्म कायम राख्ने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

बिहीबार रथ जात्राका क्रममा भएको झडपले स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ९ : ३२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य