ललितपुरमा कर्फ्यु हट्यो, रथ रहेको आसपासका क्षेत्रमा भेला निषेध  « Khabarhub

ललितपुरमा कर्फ्यु हट्यो, रथ रहेको आसपासका क्षेत्रमा भेला निषेध 


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको रिङरोड भित्रको क्षेत्रमा लगाइएको कफर्यु हटेको छ । आज राति १० बजेबाट कर्फ्यु हटाइएको हो ।

हिजो मच्छिन्द्रनाथको रथ तान्न गएका युवाहरुलाई रोक्न खोज्दा प्रहरीसँगको झडपपछि स्थिति अनियन्त्रित हुन नदिन कर्फ्यु आदेश जारी गरिएको थियो ।

कर्फ्यु हटेपनि मच्छिन्द्रनाथको रथ राखिएको वरपरको क्षेत्रमा भने कडाइ गरिने भएको छ ।

उक्त क्षेत्रबाट मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिमतर्फ ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक, उत्तर बखुण्डोल चोक, मिननाथको रथ रहेको आसपासको क्षेत्रमा पाँचजना भन्दा बढी भेला हुन निषेध गरिएको छ ।

भोलिबाट लागू हुने गरी २६ भाद्रसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी निषेध गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा जारी आदेशमा भनिएको छ ।

जिल्ला प्रशासनद्वारा जारी आदेश

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : २३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य