रुसले बनाएको कोरोना विरुद्धको खोपको दोस्रो चरणको परीक्षण सफल « Khabarhub

रुसले बनाएको कोरोना विरुद्धको खोपको दोस्रो चरणको परीक्षण सफल


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको छ ।

दोस्रो चरणको क्लिनिकल परीक्षण पनि सफल भएसँगै भ्याक्सिन प्रभावकारी र सुरक्षित मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अध्ययनले सो भ्याक्सिन मानवका लागि सुरक्षित र कोरोना भाइरसविरुद्ध रोगप्रतिरोधात्मक क्षमता विकास गर्न सक्षम देखिएको निष्कर्ष निकालेको छ ।

शुक्रबार लानसेट जर्नलमा भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको रिपोर्ट प्रकाशित भएको हो ।

अध्ययनकर्ताले तथ्यांकहरु संकलनबाट भ्याक्सिन सुरक्षित र स्वयसंवी प्रयोगकर्तामा गम्भीरखालको प्रतिकूल असर नदेखिएको निष्कर्ष निकालेका छन् ।

भ्याक्सिनले २१ दिनभित्र रोगप्रतिरोधात्मक क्षमता उत्प्रेरित गरेको अध्ययनमा पाइएको छ ।

११ अगष्टमा रुस विश्वमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो मुलुक बनेको थियो ।

स्पुतनिक-भी नाम दिइएको रुसी भ्याक्सिन गेमेलिया नेष्नल रिसर्च सेन्टरले विकास गरेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ४३ बजे

लगातारको वर्षापछि सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार