रुसले बनाएको कोरोना विरुद्धको खोपको दोस्रो चरणको परीक्षण सफल | Khabarhub Khabarhub

रुसले बनाएको कोरोना विरुद्धको खोपको दोस्रो चरणको परीक्षण सफल


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको छ ।

दोस्रो चरणको क्लिनिकल परीक्षण पनि सफल भएसँगै भ्याक्सिन प्रभावकारी र सुरक्षित मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अध्ययनले सो भ्याक्सिन मानवका लागि सुरक्षित र कोरोना भाइरसविरुद्ध रोगप्रतिरोधात्मक क्षमता विकास गर्न सक्षम देखिएको निष्कर्ष निकालेको छ ।

शुक्रबार लानसेट जर्नलमा भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको रिपोर्ट प्रकाशित भएको हो ।

अध्ययनकर्ताले तथ्यांकहरु संकलनबाट भ्याक्सिन सुरक्षित र स्वयसंवी प्रयोगकर्तामा गम्भीरखालको प्रतिकूल असर नदेखिएको निष्कर्ष निकालेका छन् ।

भ्याक्सिनले २१ दिनभित्र रोगप्रतिरोधात्मक क्षमता उत्प्रेरित गरेको अध्ययनमा पाइएको छ ।

११ अगष्टमा रुस विश्वमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो मुलुक बनेको थियो ।

स्पुतनिक-भी नाम दिइएको रुसी भ्याक्सिन गेमेलिया नेष्नल रिसर्च सेन्टरले विकास गरेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ४३ बजे

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज

कराते स्टार एरिका गुरुङ सम्मानित

काठमाडाैं – नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित