आइपीएलमा दिल्ली र बैंगलोरको तेस्रो जित « Khabarhub

आइपीएलमा दिल्ली र बैंगलोरको तेस्रो जित


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेका छन् ।

सारजाहमा शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।

सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्स २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रनमा समेटियो ।

कोलकाताका लागि नितिश रानाले ५८ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै इयान मोर्गनले ४४ रन जोड्दा राहुल त्रिपाठीले ३६ रन बनाए ।

शुबमन गिलले २८ रन जोड्दा आन्द्रे रसेलले १३ रन बनाए । कप्तान दिनेश कार्तिक ६ रनमा आउट भए ।

दिल्लीका एन्रीच नोर्ट्जेले ३ विकेट लिए । यस्तै हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोनिस र कागिसो राबडाले १/१ विकेट लिए ।

दिल्लीले सन्दीपलाई भने खेलाएको थिएन । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार चौंथो खेलमा दिल्लीको टिममा नपरेका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस आयर र पृथ्वी शाले अर्धशतकीय इनिङ्स खेले । श्रेयसले ३८ बलमा अविजित रहदै ८८ रन बनाए । पृथ्वी ४१ बलमा ६६ रनको अर्धशतकीय इनिङ्स खेले । ऋषब पन्तले ३८ रन जोड्दा शिखर धवनले २६ रन बनाए ।

जितसँगै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ६ अंक भए पनि बैंगलोर रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

शनिबारकै पहिलो खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

आबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले १९ ओभरमा १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

बैंगलोरको जितमा कप्तान विराट कोहलीले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।

यस्तै देभदुत पड्डीकलले ६२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एबी डी भिलियर्स १२ रनमा अविजित रहे । आरोन फिन्च ८ रनमा आउट भए ।

राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

राजस्थानका लागि महिपाल लोमररले सर्वाधिक ४७ रन बनाए । यस्तै जोस बट्लरले २२ रन जोड्दा कप्तान स्टिभ स्मिथ ५ रनमा आउट भए ।

रोबिन उथप्पा १७ रनमा आउट हुँदा रियान परागले १६ रन जोडे । राहुल टेवाटियाले अविजित २४ रन जोड्दा जोफ्रा आर्चरले अविजित १६ रन बनाए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ५ : ५७ बजे

तोकिएकै मितिमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि