इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार अभियुक्त सहनी पक्राउ « Khabarhub

इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार अभियुक्त सहनी पक्राउ


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको राजपुर नगरपालिका–४ स्थित इँटाभट्टामा मान्छे जलाएको घटनाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ का ५५ वर्षीय बर्दी सहनी रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती रौतहटको बौधीमाई नगरपालिका–७ बंकुलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धी बिक्रम शाहले जानकारी दिए ।

भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाको आधारमा सहनीलाई पक्राउ गरिएको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा घटना हुँदाको अवस्थामा सहनी इँटाभट्टाको हेड मिस्त्री रहेको खुलेको बताइएको छ ।

२०६४ साल चैत २८ को संविधानसभा निर्वाचनको अघिल्लो दिन चैत २७ मा चुनावमा बुथ कब्जा गर्ने उद्देश्यले आफैले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अफताव आलम हाल जेलमा छन् ।

आलमको आदेशमा उनकै इँटाभट्टामा जिउँदै जलाएर मारिएको अभियोगमा फरार रहेका सहनी पक्राउ परेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।

सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण सिंह राजपुतको जाहेरीमा सहनी पनि अभियुक्त किटान गरिएको थियो ।

पक्राउ परेका सहनीले आलमको निर्देशनमा आफूले मृत्यु भएका २/३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा भट्टाको मुग्रोमा हालेको स्वीकार गरेको बयान दिएका प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

बम विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५/१६ जना घाइते र २/३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : २२ बजे

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई