भारतमा थप ७५ हजारमा कोरोना संक्रमण « Khabarhub

भारतमा थप ७५ हजारमा कोरोना संक्रमण


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ७५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ४७९ जनामा संक्रमण देखिएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या ६५ लाख ४७ हजार ४१३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ६ हजार ७३२ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ३८ हजार ८६९ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १ हजार ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : २५ बजे

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण

एजेन्सी– चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट

‘व्यापार व्यवसाय उद्योगको विकास विकास नै आर्थिक समृद्धिको मूल आधार’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक