विश्वभर एकै दिन २ लाख ९४ हजारभन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

विश्वभर एकै दिन २ लाख ९४ हजारभन्दा बढीमा कोरोना संक्रमण


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर एकै दिन २ लाख ९४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा थप ४ हजार ७९१ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख २२ हजार २७६ पुगेको छ ।

संक्रमित १० लाख ३७ हजार ५२४ जनाले ज्यान गुमाएका छन् । अहिले ७९ लाख ६७ हजार ५१६ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६६ हजार २६७ को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ६१ लाख १७ हजार २३६ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७६ लाख नाघेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २४ हजार ६२६ जनाको मृत्यु भएको छ । ५२ लाख ६१ हजार ८३४ जना संक्रमित भएकोमा २५ लाख ९९ हजार ९७५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १५ हजार ६३१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ९० लाख ८४ हजार ६०९ पुगेको छ । त्यसमध्ये ५८ लाख ९६ हजार २४० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९९ हजार ८५७ जनाको मृत्यु भएको छ । १ करोड ९ लाख ७७ हजार ५७८ जना संक्रमित भएकोमा ९२ लाख ४७ हजार ४१७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ६० हजार ४७८ जनाको मृत्यु भएको छ । ८२ लाख ५६ हजार ५२० जना संक्रमित भएकोमा ७० लाख ९५ हजार ३७५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३६ हजार ३९९ जनाको ज्यान गएको छ भने १५ लाख १४ हजार ८१३ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ५३ हजार ३४४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९३५ जनाको मृत्यु भएको छ । ३१ हजार ५३९ जना संक्रमित भएकोमा २८ हजार ७७५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : १० बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको