विश्वभर एकै दिन २ लाख ९४ हजारभन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

विश्वभर एकै दिन २ लाख ९४ हजारभन्दा बढीमा कोरोना संक्रमण


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर एकै दिन २ लाख ९४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा थप ४ हजार ७९१ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख २२ हजार २७६ पुगेको छ ।

संक्रमित १० लाख ३७ हजार ५२४ जनाले ज्यान गुमाएका छन् । अहिले ७९ लाख ६७ हजार ५१६ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६६ हजार २६७ को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ६१ लाख १७ हजार २३६ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७६ लाख नाघेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २४ हजार ६२६ जनाको मृत्यु भएको छ । ५२ लाख ६१ हजार ८३४ जना संक्रमित भएकोमा २५ लाख ९९ हजार ९७५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १५ हजार ६३१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ९० लाख ८४ हजार ६०९ पुगेको छ । त्यसमध्ये ५८ लाख ९६ हजार २४० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९९ हजार ८५७ जनाको मृत्यु भएको छ । १ करोड ९ लाख ७७ हजार ५७८ जना संक्रमित भएकोमा ९२ लाख ४७ हजार ४१७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ६० हजार ४७८ जनाको मृत्यु भएको छ । ८२ लाख ५६ हजार ५२० जना संक्रमित भएकोमा ७० लाख ९५ हजार ३७५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३६ हजार ३९९ जनाको ज्यान गएको छ भने १५ लाख १४ हजार ८१३ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ५३ हजार ३४४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९३५ जनाको मृत्यु भएको छ । ३१ हजार ५३९ जना संक्रमित भएकोमा २८ हजार ७७५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : १० बजे

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न