जुम्ल्याहा जन्माएकी कोरोना संक्रमित सुत्केरीको मृत्यु « Khabarhub

जुम्ल्याहा जन्माएकी कोरोना संक्रमित सुत्केरीको मृत्यु


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जुम्ल्याहा सन्तान जन्माएकी कोरोना संक्रमित कञ्चनपुरकी महिलाको मृत्यु भएको छ ।

कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा कञ्चनपुर पुनर्वास नगरपालिका २ की २९ वर्षीय महिलाको मृत्यु भएको हो।

गर्भवती रहँदा रक्तश्रावको समस्या देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन । पछि उनको सामान्य डेलिभरी भएकोमा रक्तश्राव नरोकिएपछि बुधबार सेती अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको थियो।

महिलामा संक्रमण पुष्टि भएसँगै थप उपचारका लागि धनगढीबाट कोहलपुर लगिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : २५ बजे

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार