हराएको बादँर भेट्नेलाई ८० हजारको पुरस्कार « Khabarhub

हराएको बादँर भेट्नेलाई ८० हजारको पुरस्कार


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय अवस्थामा नेपालमा हराएको मानिसबारे सरकारी निकाय वा सरोकारवाला निकायले ध्यान दिदैनन् । तर भारतमा भएको एक घटनाले भने यसका प्रकारको कार्यलाई निरुत्साहित गरेको छ । भारतमा हराएको एक बादँरको खोजीका लागी पुरस्कार रकमको घोषणा गरिएको छ ।

भारतको पञ्जाबको राजधानी चण्डीगढमा एक हराएको बादँर भेट्नेलाई ५० हजार भारु अर्थात ८० हजार नेपाली रुपैयाँको उपहार राखिएको छ । यस बादँरलाई एक ब्यक्तिले आफ्नो कब्जामा राखेका थिए । जसको बिषयमा उजुरी परेसंगै वन विभागले ती व्यक्तिका विरुद्धमा वन्य जीव कानुन अनुसार मुद्धा दर्ता गरी कानूनी कारबाहि थाले । तर वन विभागले बादँर भने भेटेनन् ।

वन विभागले मोकू नामक उक्त बादँर नभेटेपछि त्यसका बारेमा सुचना दिने मानिसलाई ५० हजार भारु पुरस्कार दिने घोषणा गरेको हो । चण्डीगढ वन विभागका अनुसार बादँरको खोजीका लागी रकम पुरस्कार राखिएको पहिलो घटना हो । यसरी रकम पुरस्कार राख्नुका पछाडी उक्त बादँर उपर अत्यन्त अत्याचार भएको थियो ।

वन विभागका अनुसार चण्डीगढका ति ब्यक्तिले बाँदरलाई कब्जामा राखि यसको फोटो र भिडियो मार्फत सामाजिक सञ्जालमा फ्यान फलोइङ बढाएका थिए । यतिमात्र होइन उनले बादँरलाई अखाद्य वस्तु समेत खान दिएका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ११ : ३८ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि