कांग्रेस केन्द्रीय समिति बैठक २५ गते सम्मलाई स्थगित « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक २५ गते सम्मलाई स्थगित


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केही नेताहरुमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा यही असोज १५ गते गरिएको पिसिआर परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जङ्गीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलगायत अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्तिहरुमा सङ्क्रमण पुष्टि भएको थियो ।

यसैगरी काठमाडौँ बाहिर परीक्षण गरेका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजयकुमार चौरसियामा पनि सङ्क्रमण पुष्टि भएकाले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी यही असोज १९ गतेका बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समितिको बैठक यही असोज २५ गते दिउँसो २ बजेका लागि निर्धारित गरिएको समेत उनले बताए ।

कांग्रेसले सङ्क्रमण देखिएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवं अन्य सबैको शीघ्र सङ्क्रमण मुक्तिको कामना समेत गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ५ : ०३ बजे

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक मार्ग प्रयोग गर्न प्राधिकरणको अपिल

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १०

भोटेकोशी बाढी : ९०३ वटा शव फेला, चार हजारभन्दा बढी सम्पर्कविहीन

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

पहिरोले बूढीगण्डकीको सहायक स्यार खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–छेकम्पार चौरीखर्क क्षेत्रमा ठूलो पहिरो खस्दा बूढीगण्डकी

राजीव राजभाटद्वारा ३० लाख हस्तान्तरण, ३ करोडको पुनर्निर्माण कोष घोषणा

डल्लास– अविरल वर्षा र बाढी-पहिरोका कारण देश शोकमा डुबिरहेका बेला

बाढी पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट