जनस्वास्थ्यको मापदण्ड उल्लंघन गरे दण्ड जरिवाना हुन्छ, जहाँ छौँ त्यही बसेर दशैँ मनाऔँ : स्वास्थ्य मन्त्रालय « Khabarhub

जनस्वास्थ्यको मापदण्ड उल्लंघन गरे दण्ड जरिवाना हुन्छ, जहाँ छौँ त्यही बसेर दशैँ मनाऔँ : स्वास्थ्य मन्त्रालय


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कम गर्न आफू जहाँ हो त्यहि बसेर दशैँ मनाउनको लागि आग्रह गरेको छ ।

नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जहाँ छौँ त्यहि बसेर दशैँ मनाउने व्यवस्था गर्नको लागि समन्वय गर्नका लागि सन्देश प्रवाह गर्ने भन्ने निर्णय भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको इन्सिडेण्ट कमाण्ड सिस्टमका पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै सबै किसिमका गोष्टी, सेमिनार तथा बैठकहरु नगर्ने र नगराउने व्यवस्था गर्ने निर्णय भएको समेत उनले बताए ।

साथै जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्नेहरुलाई दण्ड जरिवाना गर्ने गरी जरिवानाको दररेट निर्धारण गरी स्वीकृतीको लागि प्रस्ताव पेश गर्न लागिएको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ५ : ३९ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा