तातोपानी नाकाबाट ११ कन्टेनर भित्रिए « Khabarhub

तातोपानी नाकाबाट ११ कन्टेनर भित्रिए


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – ​पहिरोका कारण डेढ महिनादेखि बन्द भएको तातोपानी नाकाबाट  चिनियाँ सामग्री भित्रिन शुरु भएको छ । यसअघि असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएको थियो ।

नेपालका लागि आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।

खत्रीका अनुसार चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेर फर्किसकेको छ । नेपालका तर्फबाट ११ वटा कन्टेनर मितेरी पुलमा सामान लोड गर्न गएका छन् ।

बेलुकासम्म ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने जनाइएको छ । भन्सार जाँच पास भएपछि केही दिनमा ती सामान काठमाडौं पठाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भन्ने उद्देश्यले तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड/अनलोड गर्ने टिम तयारी राखेको छ । उनीहरूको ५/५ दिनमा कोरोना परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।

केही समयदेखि चीनसँग जोडिएका दुई नाका बन्द भएपछि चीनसँगको व्यापार रोकिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ३२ बजे

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट