४० लाखमा बाघको छाला बेच्ने प्रयास असफल « Khabarhub

४० लाखमा बाघको छाला बेच्ने प्रयास असफल


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित चार जनालाई प्रहरीले काठमाडौँको स्वयम्भूबाट आज पक्राउ गरेको छ ।

बाघको छाला अवैध रुपमा रु ४० लाखमा बिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खोजी गर्दै जाँदा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ महानगरपालिका– १५ स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका– ५ का टेकबहादुर तामाङ, सुजन थिङ र आशिष तामाङ तथा मकवानपुर, थाहा नगरपालिका –८ का सानुकान्छा थिङ रहेको महाशाखाले जनाएको छ ।

उनीहरुका साथबाट अन्दाजी नौ फिट लम्बाइ र दुई फिट दुई इञ्च चौडाइ भएको प्रतिबन्धित पाटे बाघको छाला बरामद गरिएको छ । प्रहरीका अनुसार धादिङका व्यक्तिबाट टेकबहादुरले रु ३५ लाखमा बाघको छाला किनेर ल्याएको अनुसन्धानमा खुलेको छ ।

उक्त छाला रु ४० लाखमा बिक्री गरी आएको पैसाले दशैँ मनाउने मनशायले प्रलोभनमा परी बेच्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ८ : ०० बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज