अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिने, यस्तो छ नयाँ व्यवस्था « Khabarhub

अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिने, यस्तो छ नयाँ व्यवस्था


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी सरकारको युएससीआईएसले कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्डलाई सम्बोधन गर्ने नयाँ निर्देशिका जारी गरेको छ ।

अमेरिकी संसदले सन् १९५० मा अमेरिकाको शान्ति सुरक्षाको जोखिमलाई सम्बोधन गर्न कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिने कानून पारित गरेको थियो ।

उक्त कानुनअनुसार सामान्यतया घरेलु वा विदेशी कम्युनिष्ट वा निरंकुश पार्टीमा आवद्ध रहेको वा सदस्य रहेको आप्रवासी अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्न अयोग्य हुने नियम छ ।

अब भने नयाँ निर्देशिकामा कस्तो अवस्थामा अयोग्य हुने र कस्तो अवस्थामा कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यले समेत ग्रिनकार्ड पाउन सक्ने भन्ने सन्दर्भमा चरणबद्ध पुनरावलोकनको व्यवस्था गरिएको छ ।

पहिलो चरणमा अधिकारीहरूले आवेदक संलग्न भएको पार्टी कम्युनिष्ट वा निरंकुश पार्टी हो वा होइन भन्ने निर्धारण गर्नेछन् । यदि आवेदक संलग्न भएको पार्टी कम्युनिष्ट वा निरंकुश पार्टी होइन भने उक्त आधारमा आवेदक ग्रिनकार्ड प्राप्त गर्न अयोग्य हुने छैन । त्यस्ता व्यक्तिलाई ग्रिनकार्ड दिइनेछ ।

त्यसो नभए यदि आवेदक संलग्न भएको पार्टी कम्युनिष्ट वा निरंकुश पार्टी भएको ठहर भएमा कम्युनिष्ट वा निरंकुश पार्टीमा आवेदकको संलग्नता सदस्यता स्तरको हो वा होइन भन्ने निर्धारण गर्नेछ । यदि सदस्यता स्तरको नभएको खण्डमा आवेदक ग्रिनकार्डका लागि योग्य हुन सक्नेछ ।

आवेदकको संलग्नता सदस्यता स्तरको भएको खण्डमा अधिकारीहरूले उक्त सदस्यता अर्थपूर्ण हो वा होइन निर्धारण गर्छन् । अर्थपूर्ण हो वा होइन भन्ने निर्धारण गर्न केही मापदण्डका आधारमा तय गरिनेछ ।

यदि अर्थपूर्ण सदस्यता नभए ठहर भएमा उक्त आवेदक ग्रिनकार्ड पाउन योग्य हुनसक्नेछ ।

सदस्यता अर्थपूर्ण भए अन्य अपवादहरुको प्रयोग गरिनेछ । अपवादको पहिलो चरणमा यदि आवेदक अनिच्छुक हुँदाहुँदै कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्य थियो भने उसले ग्रिनकार्ड पाउनसक्छ । त्यस्तै सदस्यता लिँदा १६ बर्षभन्दा कम उमेरको थियो वा उक्त देशमा कानूनले तोकेका कारण सदस्यता लिएको थियो भने पनि उसले ग्रिनकार्ड पाउन सक्ने प्रावधान छ ।

त्यस्तै, यदि कम्युनिष्ट वा निरंकुश पार्टी सदस्य रहेको व्यक्तिले त्यस्तो सदस्यता खाना, रोजगारी वा जिविकोपार्जनको अन्य बाध्यताका कारण लिएको थियो भने पनि उसले ग्रिनकार्ड पाउन सक्छ । अर्थात् त्यस्तो आवेदक कानूनका आधारमा अयोग्य हुनेछैन ।

सरकारलाई नियन्त्रण नगरेको कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्यता रहेको व्यक्तिको सदस्यता २ बर्ष अगाडि नै खारेज भइसकेको थियो भने भने पनि त्यस्तो व्यक्ति ग्रिनकार्डका लागि योग्य हुनसक्छ ।

विगतमा कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्यता रहेको व्यक्तिबाट अहिले अमेरिकाका लागि राष्ट्रिय सुरक्षामा कुनै जोखिम छैन भने पनि त्यस्तो व्यक्ति ग्रिनकार्डका लागि योग्य सक्नेछ ।

यदि आवेदक अमेरिकी नागरिकको बुबाआमा, दम्पत्ति, छोरा, छोरी, भाइ, बहिनी हो भने पनि विगतमा कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्य रहे पनि अमेरिकी ग्रिनकार्डका लागि छुट पाउनसक्नेछ । त्यस्तै अमेरिकी ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीले पनि अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा नभएमा छुट पाउन सक्छन् ।

राष्ट्रिय सुरक्षामा खतरा भए नभएको निर्धारण गर्न उक्त व्यक्ति जासुस, आतंकवादी, सूचना सुरक्षामा जोखिमपूर्ण, जनस्वास्थ्यमा जोखिमपूर्ण, चुनाव सुरक्षामा जोखिमपूर्ण भए नभएको निर्धारण गरिन्छ ।

शुक्रबार अपडेट गरिएको यो निर्देशिका छिट्टै लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : ०३ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा