अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिने, यस्तो छ नयाँ व्यवस्था | Khabarhub Khabarhub

अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिने, यस्तो छ नयाँ व्यवस्था


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी सरकारको युएससीआईएसले कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्डलाई सम्बोधन गर्ने नयाँ निर्देशिका जारी गरेको छ ।

अमेरिकी संसदले सन् १९५० मा अमेरिकाको शान्ति सुरक्षाको जोखिमलाई सम्बोधन गर्न कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यलाई ग्रिनकार्ड नदिने कानून पारित गरेको थियो ।

उक्त कानुनअनुसार सामान्यतया घरेलु वा विदेशी कम्युनिष्ट वा निरंकुश पार्टीमा आवद्ध रहेको वा सदस्य रहेको आप्रवासी अमेरिकामा ग्रिनकार्ड प्राप्त गर्न अयोग्य हुने नियम छ ।

अब भने नयाँ निर्देशिकामा कस्तो अवस्थामा अयोग्य हुने र कस्तो अवस्थामा कम्युनिष्ट वा निरंकुश पार्टीका सदस्यले समेत ग्रिनकार्ड पाउन सक्ने भन्ने सन्दर्भमा चरणबद्ध पुनरावलोकनको व्यवस्था गरिएको छ ।

पहिलो चरणमा अधिकारीहरूले आवेदक संलग्न भएको पार्टी कम्युनिष्ट वा निरंकुश पार्टी हो वा होइन भन्ने निर्धारण गर्नेछन् । यदि आवेदक संलग्न भएको पार्टी कम्युनिष्ट वा निरंकुश पार्टी होइन भने उक्त आधारमा आवेदक ग्रिनकार्ड प्राप्त गर्न अयोग्य हुने छैन । त्यस्ता व्यक्तिलाई ग्रिनकार्ड दिइनेछ ।

त्यसो नभए यदि आवेदक संलग्न भएको पार्टी कम्युनिष्ट वा निरंकुश पार्टी भएको ठहर भएमा कम्युनिष्ट वा निरंकुश पार्टीमा आवेदकको संलग्नता सदस्यता स्तरको हो वा होइन भन्ने निर्धारण गर्नेछ । यदि सदस्यता स्तरको नभएको खण्डमा आवेदक ग्रिनकार्डका लागि योग्य हुन सक्नेछ ।

आवेदकको संलग्नता सदस्यता स्तरको भएको खण्डमा अधिकारीहरूले उक्त सदस्यता अर्थपूर्ण हो वा होइन निर्धारण गर्छन् । अर्थपूर्ण हो वा होइन भन्ने निर्धारण गर्न केही मापदण्डका आधारमा तय गरिनेछ ।

यदि अर्थपूर्ण सदस्यता नभए ठहर भएमा उक्त आवेदक ग्रिनकार्ड पाउन योग्य हुनसक्नेछ ।

सदस्यता अर्थपूर्ण भए अन्य अपवादहरुको प्रयोग गरिनेछ । अपवादको पहिलो चरणमा यदि आवेदक अनिच्छुक हुँदाहुँदै कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्य थियो भने उसले ग्रिनकार्ड पाउनसक्छ । त्यस्तै सदस्यता लिँदा १६ बर्षभन्दा कम उमेरको थियो वा उक्त देशमा कानूनले तोकेका कारण सदस्यता लिएको थियो भने पनि उसले ग्रिनकार्ड पाउन सक्ने प्रावधान छ ।

त्यस्तै, यदि कम्युनिष्ट वा निरंकुश पार्टी सदस्य रहेको व्यक्तिले त्यस्तो सदस्यता खाना, रोजगारी वा जिविकोपार्जनको अन्य बाध्यताका कारण लिएको थियो भने पनि उसले ग्रिनकार्ड पाउन सक्छ । अर्थात् त्यस्तो आवेदक कानूनका आधारमा अयोग्य हुनेछैन ।

सरकारलाई नियन्त्रण नगरेको कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्यता रहेको व्यक्तिको सदस्यता २ बर्ष अगाडि नै खारेज भइसकेको थियो भने भने पनि त्यस्तो व्यक्ति ग्रिनकार्डका लागि योग्य हुनसक्छ ।

विगतमा कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्यता रहेको व्यक्तिबाट अहिले अमेरिकाका लागि राष्ट्रिय सुरक्षामा कुनै जोखिम छैन भने पनि त्यस्तो व्यक्ति ग्रिनकार्डका लागि योग्य सक्नेछ ।

यदि आवेदक अमेरिकी नागरिकको बुबाआमा, दम्पत्ति, छोरा, छोरी, भाइ, बहिनी हो भने पनि विगतमा कम्युनिष्ट वा निरंकुश पार्टीको सदस्य रहे पनि अमेरिकी ग्रिनकार्डका लागि छुट पाउनसक्नेछ । त्यस्तै अमेरिकी ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीले पनि अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा नभएमा छुट पाउन सक्छन् ।

राष्ट्रिय सुरक्षामा खतरा भए नभएको निर्धारण गर्न उक्त व्यक्ति जासुस, आतंकवादी, सूचना सुरक्षामा जोखिमपूर्ण, जनस्वास्थ्यमा जोखिमपूर्ण, चुनाव सुरक्षामा जोखिमपूर्ण भए नभएको निर्धारण गरिन्छ ।

शुक्रबार अपडेट गरिएको यो निर्देशिका छिट्टै लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : ०३ बजे

ललितपुर महानगरको साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको झण्डै साढे

जमेको पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं– ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा विद्युत् चुहिएर एकजनाको

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित

काठमाडौं– प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ ।

उपेन्द्रको दाबी- कांग्रेस र एमाले छुट्टिन लागे, सरकारको समर्थन फिर्ता लिँदैछौँ

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा

प्रधानमन्त्रीले भने- अहिलेको व्यवस्थाप्रतिको अपमान सहन सकिँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको