बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु « Khabarhub

बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेमा थप एक कोरोना सङ्क्रमितको निधन भएको छ । दैलेख नारायण नगरपालिका वडा नं ८ का ५१ वर्षीय कोरोना सङ्क्रमितको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा आज १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।

आन्द्रा फुटेर कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भर्ना भई उपचार गराइरहेका उनलाई कोरोना सङ्क्रमण देखिएपछि आजै कोहलपुर शिक्षण अस्पताल रिफर गरिएको थियो ।

रोगको प्रकृतिअनुसार सबैखाले उपचार विधि अपनाउँदासमेत बिरामीलाई जोगाउन नसकिएको जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत पहल भइरहेको जिल्ला कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

यसअघि आजै महेन्द्रनगरकी २९ वर्षीया सङ्क्रमित सुत्केरीको उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । यससँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : ३५ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार