वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कारागार चलान « Khabarhub

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कारागार चलान


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा विभिन्न व्यक्तिलाई लाखौँ ठगी गर्ने एक जना आज कारागार चलान भएका छन् ।

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गरेको आरोप पुष्टि भएर पनि दुई वर्षदेखि फरार हुँदै आएका सिन्धुपाल्चोक घर भई भक्तपुर च्यामासिंह बस्ने ३७ वर्षीय सुदीप भनिने तुलबहादुर तामाङलाई काठमाडौँ जिल्ला अदालतले आज कारागार चलान गरेको हो ।

विसं २०७४ भदौ ११ गते वैदेशिक रोजगार न्यायाधिकरणले ठगी गरेको प्रमाणित गरी उनलाई एक वर्ष ६ महिना कैद र रु एक लाख ५० हजार जरिवानाको आदेश दिएको थियो । त्यसपछि उनी फरार थिए ।

उनलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले शुक्रबार काठमाडौँको डिल्लीबजारबाट पक्राउ गरेको र आज फैसला कार्यान्वयनका लागि काठमाडौंमा जिल्ला अदालतमा पेश गरेको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए ।

शनिबार बिदा परेकाले उनलाई आज अदालतमा पेश गरिएकामा अदालतले कारागार चलान गरेको बताइएको छ । सोही घटनामा संलग्न अर्का एक जनालाई पनि आज साँझ पक्राउ गरिएको छ । उनलाई सोमबार अदालतमा पेश गरिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : ५१ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा