प्रदेश १ मा थपिए १ सय ७९ जना कोरोना सङ्क्रमित | Khabarhub Khabarhub

प्रदेश १ मा थपिए १ सय ७९ जना कोरोना सङ्क्रमित


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – पछिल्लो २४ घण्टाको समयमा प्रदेश १ मा १७९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने सोही अवधिमा आज सबैभन्दा बढी ३६३ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । आज थपिएकामा ६८ महिला र १११ पुरुष छन् ।

नयाँ सङ्क्रमित मोरङमा ८७ मध्ये विराटनगरमा ६९, सुनसरीमा ६४, झापामा १८, खोटाङमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या सात हजार ६११ पुगेको छ भने अहिलेसम्ममा चार हजार ८८ जना निको भएर घर फर्किएका छन् । सोही अवधिमा ६६६ जनासहित अहिलेसम्ममा एक लाख २७ हजार ५५६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १० : २८ बजे

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा

प्रि ओपन सेसन : नेप्सेमा ९ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

भोजपुर हत्या घटना : शवको ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या भएका चार जनाको शवको

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने