प्रदेश १ मा थपिए १ सय ७९ जना कोरोना सङ्क्रमित « Khabarhub

प्रदेश १ मा थपिए १ सय ७९ जना कोरोना सङ्क्रमित


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – पछिल्लो २४ घण्टाको समयमा प्रदेश १ मा १७९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने सोही अवधिमा आज सबैभन्दा बढी ३६३ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । आज थपिएकामा ६८ महिला र १११ पुरुष छन् ।

नयाँ सङ्क्रमित मोरङमा ८७ मध्ये विराटनगरमा ६९, सुनसरीमा ६४, झापामा १८, खोटाङमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या सात हजार ६११ पुगेको छ भने अहिलेसम्ममा चार हजार ८८ जना निको भएर घर फर्किएका छन् । सोही अवधिमा ६६६ जनासहित अहिलेसम्ममा एक लाख २७ हजार ५५६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १० : २८ बजे

प्रि–मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं– देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् ।