भारतीय सेनाध्यक्ष नरावणे आज नेपाल आउँदै | Khabarhub Khabarhub

भारतीय सेनाध्यक्ष नरावणे आज नेपाल आउँदै


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे आज नेपाल भ्रमणमा आउँदैछन् ।

नेपाली सेनाको निमन्त्रणामा बुधबार बिहान साढे ११ बजे नेपाल आईपुग्ने नरावणे शुक्रबार स्वदेश फर्कने छन् ।

नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नेछिन् ।

नरावणेले भने बुधबारबाट हुने आफ्नो नेपाल भ्रमणले दुई देशको सेनाबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उनले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न पाउन लाग्दा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

नरावणेको नेपाल भ्रमणलाई लक्षित गर्दै सुरक्षा तैनाथी बढाएको छ ।

नेपाल र भारतका सेना प्रमुखबीच मानार्थ महारथीको सम्मान गर्ने परम्परा सन् १९५० पछि जारी छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ५१ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी