भारतीय सेनाध्यक्ष नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम पक्राउ « Khabarhub

भारतीय सेनाध्यक्ष नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतम पक्राउ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्दै युट्यूवमा प्रचार गर्ने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली सेनाको निमन्त्रणामा आज नेपाल आईपुग्ने नरावणेलाई कालो झण्डा देखाउने धम्की दिएका गौतमलाई बौद्ध क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

नरावणेको नेपाल  भ्रमणलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिरहेका बेला युट्यूवमा भिडियो बनाएर प्रचार गरेका उनलाई नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिए ।

नरावणे तीन दिनसम्म नेपाल रहँदा बिहीबार नेपाली सेनाको मानार्थ सेनाध्यक्षको पदवी ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपति विद्या भण्डारीले मानार्थ सेनाध्यक्षबाट सम्मान गर्नेछिन् ।

नरावणेले भने बुधबारबाट हुने आफ्नो नेपाल भ्रमणले दुई देशको सेनाबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उनले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न पाउन लाग्दा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन् ।

नरावणेको नेपाल भ्रमणलाई लक्षित गर्दै सुरक्षा तैनाथी बढाएको छ ।

नेपाल र भारतका सेना प्रमुखबीच मानार्थ महारथीको सम्मान गर्ने परम्परा सन् १९५० पछि जारी छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : २२ बजे

सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले