‘आऊ न माया’ भन्दै दयाहाङ « Khabarhub

‘आऊ न माया’ भन्दै दयाहाङ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायिका मेलिना राई र गायक सुमन राईको स्वर रहेको गीत ‘आऊ न माया’को भिडियो सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार हरि लम्सालको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाएको भिडियोमा दयाहाङ राई र बिमला खजुमको अभिनय देख्न सकिन्छ ।

भिडियोमा आफूलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढिएपछि बल्ल प्रेमको महत्व बुझेको कथालाई प्रस्तुत गरिएको छ ।

भिडियोलाई किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन् । यस्तै भिडियोको छायांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ३ : ०३ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज