सुर्खेतमा ७ जुवाडे पक्राउ « Khabarhub

सुर्खेतमा ७ जुवाडे पक्राउ


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- सुर्खेको वीरेन्द्रनगरमा प्रहरीले सात जना जुवाडे पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर–७, स्थित निर्मला शाहीको घरबाट ५६ हजार रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

सुर्खेतका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा घर धनी ३५ वर्षीया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९ वर्षीय चेतन आचार्य, वडा नम्बर–८, का ३२ वर्षीय जीवन सुनार, वडा नम्बर–९, का २५ वर्षीय प्रवेश गुरुङ रहेका छन् ।

त्यस्तै वडा नम्बर–३, का ३६ वर्षीय खम्बबहादुर शाही र वडा नम्बर–६, का ३२ वर्षीय निराजन शाहीलाई पक्राउ गरिएको डीएसपी घर्तीले जानकारी दिए ।

उनीहरूको साथबाट ५६ हजार ६ सय १० रूपैयाँसमेत बरामद गरिएको छ । थप अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १० : ०१ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी