भारतीय सेना प्रमुखद्वारा वसन्तपुर दरबार स्क्वायरको अवलोकन (भिडियोसहित) « Khabarhub

भारतीय सेना प्रमुखद्वारा वसन्तपुर दरबार स्क्वायरको अवलोकन (भिडियोसहित)


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय स्थलसेना प्रमुख जनरल मनोजमुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि बुधबार नेपाल आइपुगेका सेनाध्यक्ष नरवणेका अपराह्न वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन् ।

उनले वसन्तपुर दरबार स्क्वायरमा रहेको कुमारी घरलगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

यसैबीच भारतीय सेनाध्यक्ष नरवणेले आजै साँझ पशुपति क्षेत्र गई कोभिड –१९ का कारण वाग्मती नदीपारिबाट पशुपतिनाथ मन्दिर दर्शन गर्नुका साथै वाग्मती किनारको साँझको आरती समेत अवलोकन गरेका छन ।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा अनुरुप उनी मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

हेर्नुस भिडियो

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : ०३ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति