हुम्ला कोरोना संक्रमणमुक्त, बुधबारबाटै पठनपाठन शुरु « Khabarhub

हुम्ला कोरोना संक्रमणमुक्त, बुधबारबाटै पठनपाठन शुरु


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालयमा बुधबारदेखि पठनपाठन शुरु भएको छ ।

कोरोना महामारीको जोखिम भए पनि सामाजिक दूरी कायम गरी आजबाट विद्यालयहरु सञ्चालनमा आएका हुन् ।

यही कात्तिक १६ गतेको सिमकोट गाउँ कार्यपालिकाको शिक्षा समितिको बैठकले अविद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो ।

पालिकामा सामुदायिक र निजी गरी २८ विद्यालय छन् । ती विद्यालयले पालिकाबाट स्वास्थ्य सुरक्षाका सामग्री पनि प्राप्त हुनुपर्ने माग गरेका छन् ।

जिल्ला सदरमुकाम सिमकोटमा रहेका मानसरोवर, बालमन्दिर, भीमसेन र कालाशील्तालगायत सामुदायिक विद्यालयले आफ्नै खर्चमा मास्क र सेनिटाइजरको प्रबन्ध गरेका छन् ।

मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले आज पहिलो दिन करीब ६० प्रतिशत विद्यार्थी उपस्थित भएको जानकारी दिए ।

रलिङ्ग माविका शिक्षक सूर्यमणि बोहराले विद्यालयमा जानुपूर्व शिक्षकहरुलाई कोरोना परीक्षण अनिवार्य गराइएकाले सबै शिक्षक हाजिर हुन नसकेको बताइन ।

कैशाल मावि डाडाफायाँका विद्यार्थी आस्था विकले लामो समयपछि विद्यालय छिर्न पाउँदा खुशी लागेको बताइन ।

यसैबीच, हुम्लामा आजबाट कक्षा ११ को परीक्षा सञ्चालन भएको छ । विद्यालयको आन्तरिक मूल्याङ्कन पद्धतिबाट उक्त परीक्षा सञ्चालन भएको हो । परीक्षामा ८२ जना नियमित र १०६ जना आंशिक विद्यार्थी  सामेल भएका थिए ।

हुम्ला संक्रमणमुक्त

हुम्ला जिल्ला आजदेखि कोरोना संक्रमणमुक्त भएको छ ।

सशस्त्र प्रहरी बलका एक संक्रमितमा कोरोना नेगेटिभ भएसँगै हुम्लामा संक्रमितको संख्या शुन्य भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन ।

हुम्लामा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको थियो भने उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : ४९ बजे

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न